banner image

छिमेकी



छिमेकी 

गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी आदिको सचित्र वयान गरेका छन् । 

चौतारामा असारको बेलामा थाकेका खेतालाहरु कोहि घुम बुन्दै छन् । कोहि सोतेका कक्कड खाँदै छन् । यहि रमाइलो परिवेशमा गुमानेको गोरुले धनजितेको विउ खाइदिन्छ । धर्मानन्द पाध्ये जस्ता गाउँका बुज्रुक भनाउँदालाई आर्कालाई उक्साएर तमासा देखाउने अवसर मिल्छ । उनकै उक्सावटमा गुमाने र धनजितेका बीच लठारो पर्छ । पछी बाटोमा भेट हँुदा तर्किएर हिँड्न थाल्छन् । गाउँमा आँठे रोगको महामारी फैलिँदा गुमानेले जान्ने बसाउँछ । गाउँका सबै आउन् तर केरेसो जोडिएको धनजिते आउँदैन । आँठे रोगले धनजिते र  उसकी  स्वास्नीलाई समाएपछि पहिला त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता गरेन । पछि छिमेकीको महत्व बुझेर उसले धनजितेको सेवा गर्न लाग्यो । आशामरु साहु गुमानेलाई बर्खे मालताल लिन शहर जा भन्न आयो । गुमाने पैसाको लागी आत्मा बेच्ने नीच हैन भन्दै गएन । विरामी बाट उठेपछी गुमाने र धनजिते घनिष्ट मित्रका रुपमा देखा परे । यि किसानहरु पैसाको लोभ, लालच र मोहबाट टाढै रहेका इमान्दार, भोलाभला सज्जन देखिन्छन् । 

छिमेकी आदर्र्शौन्मुख यथार्थवादी कथा हो ।


परिवेश

देश, काल र वातावरणलाई परिवेश भनिन्छ । छिमेकी कथाको परिवेश भनेको छिमेकी कथाका पात्रहरुले खेलेको ठाउँ हो । कथाकार मैनालीले यस ठाउँलाई निकै रमाइलो ठाउँ भनेका छन् । यस ठाउँमा बेंसीको फाँट, चौतारी, कुलो, आशामरु साहुको हिउँदे पसल स्थानगत परिवेशका रुपमा आएका छन् ।

अर्काे परिवेश समयका हिसाबले टन्टलापुर घामका कारण पात्रहरु चौतारीमा बसेको चर्चा कथाकारले गरेका छन् । यो कथा असारको महिना मा रोपाई हुने समयलाई चित्रण गरिएको छ । यसको साथै भदौको महिनामा आँठे रोग फैलिएर गाउँनै सोत्तर भएको समयगत परिवेशको चर्चा कथामा पाइन्छ । यसको साथै पात्रहरुको कक्कड खाने, घुम बुन्नु, वीरसिक्का पढ्नु, गाउँमा जान्ने बसाइ उपचार गर्नु कथाका परिवेश र देउता रिाउने गुमानेको कुराले धार्मिक सांस्कृतिक परिवेशलाई कथाकारले ग्रामिण परिवेशको चित्रण गरेको पाइन्छ ।

यस कथामा जान–जाति, वर्ग, लिङ्ग, आदिको भेदभाव रहँदैन । यस कथामा धर्मनन्द पाध्ये, जनजिते भोटे, गुमाने घर्ती, आशमरु साहु (नेवार) आदिको आसपासमा मेलमिलापदेखिन्छ । अथवा नेपालमा विभिन्न जानजाती मिलेर समाज वनेको छ । नेपाल बहुजाति, बहुभाषी तथा बहु संस्कृतिको देश हो । आर्थिक दृष्टिले “छिमेकी” काथाका पात्रहरु सम्पन्न नभएको देखिन्छ । यि सरल किसान भएको धनका पछाडी आक्रान्त देखिदैन ।गाँस, बास, कपास को आवश्यकता पूरा गर्न सके निीहरु सन्तुष्ट देअिन्छन् । छिमेकी कथामा विभिन्न जातजातीका मानिसहरुका बिीच आपसी मेलमिलाप र सद्भवावना देखिन्छ । केही समय धनजिते र गुमानेका बीच मनमुटाव भए पनि पछि घनिष्ट मित्रका रुपमा परिवर्तन भएका छन् । यसरी यस छिमेकी कथामा सामानिक मेलमिलाप आर्थिक उन्नती र जातीय उत्थान भएको कथाले दर्शाएको  ।



जिउँदाको जन्ति र मर्दाको मलामी

छिमेकीको आवश्यक मर्दा र पर्दा पर्छ । त्यसैले छिमेकीलाई जिउँदाको जन्ति र मर्दाको मलामी भनेको हो । एक अर्कामा सहयोगी भावनाले छिमेकीको महत्व झल्किन्छ । असल छिमेकीले मर्दा र पर्दा साथ दिन्छ । कथामा पहिला त गुमानेले शत्रुको मुख के हेर्नु भनेर वास्ता गरेन । पछि धनजितेको विजनेक हेर्न नसकेर स्याहार सुसार गर्याे र सेवाभावले धनजितेको मन फर्कियो, उसको होस् खोल्यो ।  त्यही घटानाले उनिहरु घनिष्ट मित्रका रुपमा देखा परेका छन् । त्यसैले जतिखेर जस्तो तस्तो भएपनि आवश्इक पर्दा साथ दिने भनेको छिमेकीले नै हो ।


सन्देश

आपद् विपद् पर्दा सहयोग पर्याउने सगैको घरको वरपर वस्ने मानिसलाई छिमेकी भनिन्छ । छिमेकीसँग  सधै सहयोगी सम्बन्ध राख्नुपर्दछ । सानोतिनो कुरालाई ठूलाृ रुप्मा लागेर सम्बन्ध विगर्ने गर्नु हुँदैन । आपसमा मिलेर बस्नुपर्छ । एक आर्कालाई आवश्इक पर्दा सहयोग पुर्याउनुपर्छ । यो कथाले सहयोगीको भाना सबौ हुनपर्छ भन्ने सन्देश दिएकाृे छ । यो आदर्शवादी भावनालार्य यस कथामा चित्रण गरिएको छ ।

छिमेकी छिमेकी Reviewed by Bijay Munikar on October 20, 2020 Rating: 5

No comments:

Powered by Blogger.